Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विजयदशमीसम्म वर्षाको सम्भावना



काठमाडौ : साता देखि लगातार परेको बर्षा मंगलबार र बुधबार पनि निरन्तर पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि मध्यमखालको वर्षा भई रहेको जनाएको छ ।

बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली हुँदा मंगलबार र विजयदशमी अर्थात बुधबार देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार