Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी



काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ। प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयका सचिव केशवराज जोशीले जानकारी दिए।

राष्टिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहेका हिमलाल पुरी पनि प्रतिनिधिसभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको बताउछन्। आजको शीर्ष नेतृत्वले प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको उनले सुनाए।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार