Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिरहाबाट एक हजारको नक्कली नोटसहित भारतीय नागरिक पक्राउ



विराटनगर : सिरहाबाट नक्कली नोटसहित शनिबार दिउँसो एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सिरहाको नरहा गाउँपालिका ४ बाट एक हजारको ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।

रेजाउल्लाहलाई इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले नक्कली नोट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका रेजाउल्लाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार