विराटनगर : नेकपा एमालेका नेता द्वारिकलाल चौधरी माओवादी प्रवेश गरेका छन् । एमालेको पूर्व सुनसरी जिल्ला अध्यक्षसमेत रहेका इटहरी उपमहानगरपालिकाका पूर्व मेयर चौधरी प्रदेश सभामा उम्मेदवार बन्ने शर्तमा माओवादी प्रवेश गरेको बताइएको छ ।
चौधरी माओवादी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर आइतबार बिहान पार्टी प्रवेश गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा पुनः मेयर बन्ने दौडमा रहेका चौधरीलाई पार्टीले टिकट दिएको थिएन्। पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट थिए ।