विराटनगर : मोरङको बुढीगंगाबाट प्रहरीले अवैध रूपमा भित्रिएको ५ लाख मूल्य बराबारको खाद्यान्न बरामद गरेको छ ।
सुनसरीबाट विराटनगर आउँदै गरेको प्रदेश नम्बर १०२००२ च ४४२४ नम्बरको पिकअप भ्यान बुढीगंगा गाँउपालिकाको नेमुवाबाट शुक्रबार बेलुका बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भ्यानमा बिना विलजबिजक रहेको खाद्यान्न थियो। भ्यानमा ५ लाख २८ हजार रुपैयाँ बराबरको भुजिया, हरियो केराउ, दालमोठ र फ्राइ मटर लगायतका सामाग्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सवारीसाधन समान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धानको कार्यालय इटहरीलाई बुझाएको छ ।