Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिष्टले छाडिन् एमाले



विराटनगर : नेकपा एमालेको मोरङ जिल्ला सदस्यसमेत रहेकी पथरी शनिश्चरे नगरपालिकाकी पूर्वउपमेयर यमुना विष्टले पार्टी परित्याग गरेकी छिन् र

विष्टले शुक्रबार सामाजिक सञ्जालक फेसबुकमा एक स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई मेन्सन गर्दै विष्टले लेखेकी छिन्, ‘अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठूलो हो आज बाट नै पार्टीबाट बिदा हुने निर्णय गरे।’

विष्टले पार्टी परित्याग गर्नुको कारण नखुलेपनि आसन्न निर्वाचनमा भएको टिकट वितरणमा असन्तुष्ट भएर पार्टी परित्याग गरेको स्थानीय नेताहरूले अनुमान गरेका छन् ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा दोहिरिने चाहना पुरा नभएपछि विष्टले प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको निर्वाचनमा टिकटको अपेक्षा राख्दै आएको स्थानीय नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार