विराटनगर : मोरङको उर्लाबारीमा फलामको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मोरङको कटहरी–२ घर भएका ३५ वर्षीय उद्धव परियारको फलामे सिडि वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
उर्लाबारी–१ पिपलडागीमा उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सिडिको वेल्डिङ गर्दै गर्दा करेन्ट लिक हुँदा परियारको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
शवको पोष्टमार्टमकालागि मोरङको मङ्गलवारे पठाइएको प्रहरीले जनाएको छ।