Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दौडको उपाधी देवराज र सुनकलालाई



धनकुटा । धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुल्ला पुरुषतर्फ देवराज बस्नेतले र महिलातर्फ सुनकला राईले उपाधि जितेका छन् ।
विश्व मुटु दिवसको अवसर पारेर बिहिबार धनकुटामा खुल्ला सडक दौड प्रतियोगिता भएको हो । धनकुटाको रुद्रबारीबाट खुल्ला दौड तथा महिलाको लागि गुठीटारबाट दौड प्रतियोगिता गरिएको थियो । खुल्ला धाबकहरूले १५ किलोमिटर र महिला धाबकहरूले ८ किलोमिटर दुरी पार गरेका थिए। खुल्लातर्फ उपाधि जितेका बस्नेतले नगद ३० हजार र महिलातर्फ उपाधि जितेकी राईले नगद १० हजार प्राप्त गरिन् । यस्तै खुल्लातर्फ दोस्रो सञ्जय श्रेष्ठ, तेस्रो प्रताप खड्का र सान्त्वना गोविन्द कार्की र याङदेब राई भए । उनीहरुले क्रमशः २० हजार, १० हजार, २ हजार ५ सय र २ हजार नगद प्राप्त गरे ।
महिला तर्फ दोस्रो रेनुका कार्की र तेस्रो कल्पना राई भइन् । उनीहरुले क्रमशः नगद ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । पूर्व प्रहरी संस्था धनकुटाले आयोजना गरेको प्रतियोगितामा खुल्लातर्फ ७८ जना र महिलातर्फ ९ जना धावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार