Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

बजेटमा विभेद भएको भन्दै कार्यपालिका बैठक बहिष्कार



विराटनगर : विराटनगर महानगरपालिकाका केही कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।

कार्यपालिका सदस्य दिपक कर्णका अनुसार बजेटमा विभेद भएको कारण बैठक बहिष्कार गरिएको हो । उनले ६ जना कार्यपालिका सदस्यले बैठक बहिष्कार गरेको जानकारी दिए ।

बजेट सार्वजनिक भएको एक महिनापछि सार्वजनिक गरेको पुस्तिकामा जनमुखी बजेट नभएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् । बजेट न्यायोचित नभएको उनीहरुले बताएका छन् ।

महानगरले दक्षिणी भेगका वडालाई भेदभावपूर्ण तरिकाले हरेको उनीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार