Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पार्टीप्रति असन्तुष्टी जनाउँदै जसपाका कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग



विराटनगर : जनता समानवादी पार्टी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।

मोरङ क्षेत्र नम्बर–२ बाट प्रनितिधिसभा सदस्यमा सिफारिस भएका कार्कीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

मोरङ २ मा आफूले दावी गर्दै आएको र गठबन्धनले कांग्रेसको भागमा पर्ने निश्चित भएपछि आफूले पार्टी छाडेको कार्कीले बताए । पार्टी अध्यक्ष उपेन्द्र यादवले खस आर्यप्रति पूर्वाग्रह राखेको बताउँदै खस आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् ।

कार्की १० वर्षअघि खस समावेशी राष्ट्रिय पार्टीका तत्कालिन अध्यक्ष थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार