Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गुरुराज घिमिरे भन्छन् – हाम्रो भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न चितवन किन नजाने ?



विराटनगर : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसको भाग खोसेर चुनाव जित्न चुनौति दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै घिमिरेले चुनाव जित्न पहिला पार्टीभित्र एकता हुनुपर्ने बताए । उनले गठबन्धनमा मात्रै सिटको भागबण्डा मिलाएर कसैले चुनाव जित्न नसक्ने बताएका हुन् ।

गठबन्धन गरेर सिट बाँडफाँट गर्दा आफ्ना पार्टीका नेताहरु अन्यायमा पर्ने उनको भनाइ छ । ‘मोरङ ४ कांग्रेसको बर्चस्व रहेको क्षेत्र हो । त्यहाँ मैले चुनाव लड्ने आकांक्षा राखेको छु,’ उनले भने, ‘तर त्यो क्षेत्र माओवादीलाई दिने भन्ने कुरा आयो । कांग्रेसका साथीहरूको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न चितवन किन नजाने ?’

प्रचण्डले आफ्नो पार्टीको भाग खासे आफूहरु उनीसँगै प्रतिस्पर्धामा जाने घिमिरेले चुनौती दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार