विराटनगर : विराटनगर-३ स्थित कञ्चनबारीमा युवा व्यवसायी नवीन गिरीले साथी मार्ट सञ्चालनमा ल्याएका छन् । वडा दशै सुरुवात भएसँगै उनले मार्ट सञ्चालनमा ल्याएका हुन् ।
सोमबार घटस्थापनाको दिन पारेर गिरीका हजुरबुबा १०५ वर्षीय कृतिराज गिरीले उद्घाटन गरेका छन् । होम डेलिभरी गर्ने उद्धेश्यसहित सञ्चालनमा ल्याइएको मार्टमा किराना सामाग्री, कस्मेटिक, पेय पदार्थ राखिएको छ ।
साथी मार्टको एक सय १३ औँ शाखाको रुपमा व्यवसायलाई सञ्चालन गरेको गिरीले बताए । उद्धाटन समारोहमा एमालेका नेता विनोद ढकाल, जीवन घिमिरे, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, कांग्रेस नेता भीम पराजुली, एमालेकै सागर थापा, पर्शुराम बस्नेत लगायतले मार्टमा सामान किनेर शुभकामना व्यक्त गरेका थिए ।