विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर गलत गरेको बताएका छन् ।
आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले निलम्बित प्रधानन्यायाधीश जबरालाई वर्तमान सरकारले घर बाहिर निस्कनसमेत नदिने गरी घेरा हाल्नु मानव अधिकारको हनन् भएको बताए ।
‘सरकारले जबरालाई नजरबन्दमा राखेर मानव अधिकारको उल्लंघन गरिरहेको छ,’ उनले भने, ‘उनीमाथि महाअभियोग लागउने संसदहरुको अवधि समाप्त भएकाले उनीमाथिको आरोप पनि स्वतः निष्क्रिय भएको छ ।’
संसदको अवधि सकिएकाले जबरामाथिको महाअभियोग औचित्यहीन भएको कोइरालाले बताए ।