Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का स्वास्थ्यमन्त्रीले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाए



विराटनगर : प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाउँदै मन्त्री यादवले प्रदेश प्रमुख र मुख्यमन्त्रीको फोटो राखेका छन् ।

फोटो परिवर्तन गरेको जानकारी गराउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल–जिन्दावाद !, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचानसहितको–संघीय अभिवादन !’

प्रतिक्रिया
सम्बन्धित समाचार