गैसस मोरङका अध्यक्ष राजेन्द्र ढकाल
विराटनगर : जिल्ला अदालत मोरङले अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाललाई कारागार चलान गर्न आदेश दिएको छ ।
गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ढकालमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । अप्राकृतिक मैथुन मुद्दा दर्ता भएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो ।
एजुकेसन हेल्पलाइन नामक संस्थाका अध्यक्षसमेत रहेका ५० वर्षीय ढकाल बाल अधिकारकर्मीका रुपमा पनि चिनिन्छन् ।