Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विभिन्न पार्टी परित्याग गरी मोरङका ४० जना माओवादीमा प्रवेश



विराटनगर : विभिन्न पार्टी परित्याग गरी मोरङको बुढीगंगा गाउँपालिकाका ४० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंस्थित प्रचण्ड निवास खुमलटार पुगेर ४० जना एमाले र कांग्रेसका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा बुढीगंगा २ को वडा अध्यक्षमा एमालेबाट उम्मेदवार बनेका प्रमोद चौधरी र ५ नम्बरका एमाले उम्मेदवार सिभिल चौधरीसहित ४० जना माओवादीमा प्रवेश गरेका हुन् । प्रमोद र सिभिल दुवै वडा अध्यक्षमा पराजित भएका थिए ।

उनीहरुले प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन् । केही समयअघि यस क्षेत्रमा पुराना एमाले नेता बलभद्र थारु पनि माओवादी प्रवेश गरेका थिए ।

उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार