विराटनगर : सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदल यात्री ८२ वर्षीय वृद्धको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलमा सफारीको ठक्करबाट इटहरी–५ का ८२ वर्षीय उमाकान्त भण्डारीको मृत्यु भएको हो ।
मंगलबार बेलुका साढे ५ बजे प्रदेश १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीले ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु इलाका प्रहरी कार्यालय इटहरी प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
खड्काका अनुसार सिटी सफारी सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।