Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

३० वर्षको शासन तोड्छु : भगवती चौधरी



विराटनगर : नेकपा एमालेकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भगवती चौधरीले यसपटक प्रतिनिधिसभाका लागि आफूलाई निर्वाचित गर्न आग्रह गरेकी छिन् । उनले ३० वर्षदेखि सुनसरी क्षेत्र नम्बर ३ मा एउटै व्यक्ति निरन्तर निर्वाचित हुँदा विकासमा अवरोध पुगेको बताउँदै अब भने आफूलाई निर्वाचित गर्नुपर्ने बताइन् ।

चौधरीले ३० वर्षसम्म निर्वाचन क्षेत्रमा विकास नभएको र यो पाँच वर्षमा सुनसरी क्षेत्र नम्बर ३ को कुनै पनि आवाज संसदमा नउठेको बताउँदै त्यसका लागि पनि आफ्नो जित आवश्यक भएको र यो पटक ३० वर्षे शासन तोड्ने बताइन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका विजय गच्छदारलाई भ्रष्टचारको मुद्धा लागेपछि उनी निलम्बित भएका थिए ।

उनले भनिन्, ‘मैले सामाजिक क्षेत्रबाट धेरै गरेको छु । अब निर्वाचिर्त भएर जनताको सेवा गर्ने इच्छा छ ।’

आफूसँग विकासका मोडल थुप्रै भएको उल्लेख गर्दै उनले कृषि र शिक्षामा जोड दिएर काम गर्ने उद्घोष गरिन् ।

दिनेश प्रतिष्ठानबाट सामाजिक काम गरेको र निरन्तर आफू काम गर्न तयार भएकाले विकास र समृद्धिका लागि पनि आफ्नो जित हुनुपर्ने जिकिर गर्दै यसपटक ३० वर्षसम्मको सुनसरी ३ को उधोँगतिको यात्रा टुंग्याउने र नयाँ बाटो खोल्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले जालझेलबाट दुईपटक निर्वाचनमा पराजय भएको भएपनि यस पटक कुनै पनि जालझेल र षडयन्त्रले काम नगर्ने उनले बताइन् । यसपटक युवाहरुको ठुलो पंत्ति परिचालन हुने उल्लेख गर्दै भ्रष्टचार र सुशासनका लागि सबैले सहयोग गर्ने समेत चौधरीले बताइन् ।

चौधरीलाई एमालेले सुनसरी ३ बाट प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार