विराटनगर : आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ बाट दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्द सूची पेश गरेका छन् ।
प्रदेश सभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो ।
आयोगले अब असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्न समय दिने छ । असोज १० देखि १६ गतेसम्म संशोधन गरी उम्मेदवार सूची पेश गर्न समय दिइने छ ।
