विराटनगर : नेकपा एमालेले मोरङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ९ जनालाई समानुपातिक तर्फको बन्द सूचीमा राखेको छ ।
नेकपा एमालेका एक स्थायी समिति सदस्यका अनुसार प्रतिनिधिसभा सदस्यका लागि विराटनगर महानगरपालिकाका रामलाल साह, बुढीगंगा गाउँपालिकाका सत्यनारायण चौधरी र सुन्दरहरैँचा नगरपालिकाका नरेन्द्र श्रेष्ठको नाम बन्द सूचिमा रहेको छ ।
यस्तै प्रदेशसभा सदस्यका लागि अरुण राठी (विराटनगर), शिला दिक्षित कार्की (विराटनगर), मालती सुब्बा (रतुवामाई), धना तामाङ (सुन्दरहरैचा), आशा सरदार (कटहरी), ललिता चौधरी (ग्रामथान) र माजुदा खातुन (सुनवर्षी) रहेका छन् ।
यी सबै जनाको नागरिकता एमाले मोरङले संकलन गरेर केन्द्रमा पठाएको स्रोतले बताएको छ । नाम सिफरिसका लागि लविङ गर्न काठमाडौँमा पुगेका नेताहरु बन्द सूची तयार भएपश्चात जिल्ला फर्किन थालेका छन् ।
निर्वाचन आयोगले असोज १६ गते बन्द सूचीमा रहेका नाम सच्याउने मिति तोकेकाले अहिले बन्द सूचीमा परेका नाममा केही फेरबदल हुनसक्ने स्रोतको दावी छ ।
नेकपा एमालेको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश १ बाट ३७ जना नामको बन्द सूचीमा पठाउने निर्णय गरेको थियो ।