Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता



विराटनगर : अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा पुरिएका १७ शव निकालिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ।

जिल्लाको तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरी १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो ।

१७ जनाको शव भेटिँदा ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेकिकोप्टरद्वारा उद्धार गर्ने तयारी भइरहेको छ ।

उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार