Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अछाममा पहिरो : १२ जनाको मृत्यु, ११ बेपत्ता



तस्बीर : मनराज थापाको फेसबुकबाट

विराटनगर : अछामको विभिन्न भागमा पहिरो जाँदा  १२ जनाको मृत्यु भएकाे छ।

शुक्रबारदेखि परेकाे अविरल वर्षाका कारण पहिरो जाँदा १२ जनाको मृत्यु भएकाे छ भने ११ जना बेपत्ता भएका छन्।

कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजारकै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएकाे छ।

अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि  उद्धारमा खटिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार