विराटनगर : मोरङ प्रहरीले विराटनगरको एक किराना पसलबाट गाँजा बरामद गरेको छ । वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शुक्रबार विराटनगर-५ मा रहेको एक किराना पसलमा छापा मार्दा गाँजा भेटिएको हो ।
मोरङ प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय दुर्गाकुमारी शाहले सञ्चालन गर्दै आएको किराना पसलमा गाँजाको कारोबार हुँदै आएको भन्ने सूचनाका आधारमा छापा मारिएको हो ।
उक्प पसलबाट एक किलो पाँच सय ग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले गाँजासहित पसल सञ्चालक महिलालाई पनि नियन्त्रणमा लिएको छ । गाँजासहित पक्राउ परेकी साहविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।