Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने पक्राउ



विराटनगर : बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिने भनी १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोसी गाउँपालिका–२ घर भइ हाल काठमाडौँको कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् ।

‘वर्किङ भिसा’ मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै कार्कीले केही व्यक्तिबाट पैसा लिएर सम्पर्कविहीन भएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा उनलाई प्रहरीले काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार