Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चोलेन्द्रले नाम लिएका वकीलहरुको बयान जारी



महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरू भएको छ।

बिहीबार सिंहदरबारमा बसिरहेकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयान दिने क्रममा नाम लिएका वकीलहरुको बयान लिने क्रम जारी छ।

समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, पूर्वमहासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल उपस्थित छन्।

पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा उपस्थित नहुने बताइसकेका छन्।

यसअघि बुधबारको समिति बैठकले जबराले मुछेका नामहरूमध्ये राजनीतिज्ञबाहेक न्यायाधीश र वकीललाई समितिमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार