Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापाबाट ब्राउनसुगर सहित तीन जना पक्राउ



विराटनगर : झापाबाट लागुऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवारमा संलग्न रहेका तीन जनालाई दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ वर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

यस्तै झापाको भद्रपुर नगरपालिका-५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको हो ।

टेम्पोबाट लागुऔषध बरामद भएसंगै चालक बिर्तामोड-२ का ३६ वर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका-८ का २५ वर्षीय अजय राजवंशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार