Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा औषधी व्यवसायीलाई धम्काएर पैसा माग्ने पक्राउ



विराटनगर : विराटनगरमा औषधी व्यवसायीहरुसँग धाकधम्की दिएर पैसा माग्ने गिरोह सक्रिय बन्दै गएको छ ।

विभिन्न डर त्रास र धम्की देखाएर विराटनगरका औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूसँग पैसा असुली गर्ने गरेको पाइएको हो ।

मंगलबार प्रहरीले विभिन्न समयमा धाकधम्की दिने र पैसा असुलीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा मोरङ प्रहरीले विराटनगर–३ का ३३ वर्षीय बिजय दाहाललाई पक्राउ गरेको छ ।

पक्राउ परेका दाहाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार