Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यु-१७ साफ च्याम्पियनसिप : फाइनलका लागि नेपाल र भारत भिड्दै



विराटनगर : श्रीलंकामा जारी यु-१७ साफ च्याम्पियनसिपमा नेपाल र भारत फाइनल प्रवेश गरेका छन् । सोमबार घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।

यता भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । अब उपाधिका लागि नेपाल र भारतबिच बुधबार प्रतिस्पर्धा हुनेछ ।

सोमबार राती भएको दोस्रो सेमिफाइनलमा नेपाललाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्सम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक/एक गोल गरेका थिए ।

नेपालका लागि खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्समले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १-० को अग्रता लिएको नेपालका लागि २४ औँ मिनेटमा हरिस भट्टले गोल गरे । यस्तै, ३० औं मिनेटमा सुवास बम र ३७ औं मिनेटमा निरोज कार्कीको गोलमा नेपालले पहिलो हाफमा ४-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफकोे ५१ औं मिनटमा युनेश बुढाथोकी र खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गर्दै नेपालले ६-० को सहज जित निकालेको हो ।

यसअघि भएको समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार