Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

देउवाको चाहनामा प्रदेश १ का सचिव सिंहको गृह मन्त्रालयमा सरुवा



विराटनगर : मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश १ का प्रमुख सचिव बिनोद सिंहको सरुवा भएको छ । प्रदेशमा आएको तीन महिना नपुग्दै उनको गृह मन्त्रालयमा सरुवा भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा उनलाई गृह मन्त्रालय सरुवा गरेको हो । सचिवहरुमा पनि कनिष्ठ सचिवमा रहेका बिनोद सिंहको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनको सरुवा भएपनि प्रमुख सचिवको रुपमा प्रदेश १ मा कसैलाई पठाइएको छैन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार अहिले को सचिव पठाउने भन्ने टुंगौ लागेको छैन् । प्रदेश १ मा छिटो छिटो समयमा सचिवहरुको सरुवा हुँदा सरकारको कामहरु पनि अस्तव्यस्त हुने गरेको छ ।

प्रदेश सरकार बने यता झण्डै १० जना सचिवहरुका सरुवा भइसकेको छ । यसैबिच मन्त्रीपरिषदको सोमबार बसेको बैठकले सचिव तोयम राय, रामप्रसाद घिमिरे र टेक नारायाण पाण्डे लगायतको सरुवा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिमतिरका विशिष्ट श्रेणीका कर्मचारीहरुलाई राम्रो ठाउँमा लैजाने गरेका कारण प्रदेश १ घर भएका सचिवहरु भने थन्किएर बस्नु पर्ने अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार