काठमाडोँ । मोरङकी दीपा विष्टले ९ औँ स्थ्रेन्थलिफ्टिङ तथा ईन्क्लाईन वेन्च प्रेस विश्व च्याम्पेनसीपको स्वर्ण पदक जितेकी छिन् ।
विष्टले किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा डिभाईनफिजिकल फिटनेस नेपालबाट सहभागी भई भदौ २३ मा उक्त पदक जितेकी हुन । सोही प्रतियोगीता अन्तर्गत ७२ केजी माथिको सिनियर ईन्क्लाईन बारवेल वाईसेप कलमा भने उनले यसअघिको विश्व रेकर्ड समेत तोडेकी छिन् ।
त्यसअघि प्रदेश १ स्तरीय स्टे«न्थ लिफ्टीङ महिला ओभरअल प्रतियोगीतामा स्वर्ण पदक जितेकी उनी अन्य प्रदेश स्वर्णपदक विजेतासंग भएको राष्ट्रिय प्रतियोगीताबाट किर्गिस्तान जान छनौट भएकी थिइन । यो प्रतियोगीता भदौ २० बाट २५ सम्म किर्गिस्तामा सम्पन्न भएको हो । यो खेललाई नेपालमा नयाँ खेलका रुपमा हेरिने गरिएको छ ।