विराटनगर : डा. गोविन्द केसी पुनः अनसन बस्ने भएका छन् । अनसन बस्नका लागि उनी सोमबार धनगढी पुगेका छन्।
केसीले सोमबार साँझदेखि अनसन बस्न लागेको बताइएको छ । चिकित्सा शिक्षा सुधारका लागि पटक पटक अनसन बस्दै आएका केसीले आफूले अघि सारेका मागको सम्बोधन नभएको भन्दै पुनः अनसन बस्न लागेका हुन् ।
विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अनशन बसिसकेका केसीको यो २० औँ अनसन हो ।