Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्वाचनमा महिलाहरुको सहभागिता हुनुपर्नेमा जोड



विराटनगर : प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

विराटनगरमा महिला जागरण नेपाल, संकल्प नेपाल र महिला गैर सरकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता विषयक छलफल कार्यक्रमका सहभागिहरुले महिलाको सहभागीता बढाउर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका कारण महिलाहरुको सहभागिता धेरै कम भएको र आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा पनि गठबन्धनका कारण महिलाहरुलाई ओझेलमा पार्न खोजिएको उनीहरुको गुनासो छ ।

कार्यक्रममा महिलाहरुलाई प्रत्यक्षतर्फ सिट नदिने गरेको र समानुपातिकतर्फ नाम सिफारीस गर्दा पनि पार्टीभित्र सेटिङ हुने गरेको सहभागीहरुले बताए ।

उनिहरुले महिलाहरुको नाम सिफारिस गर्दा महिलाहरुलाई सहभागि गराउनुपर्ने तर पुरुषहरुलेनै सिफारिस गरेर पठाउने गरेको आरोप लगाएका छन् ।

नेपालका ठुला भनाउदा दलहरुलेनै महिलालाई आफ्नो पार्टीको छलफल र निर्णयमा उपस्थिति नगराउने गरेको गुनासो गरेका छन् । निर्वाचनमा धेरै खर्च हुने भएकाले पनि महिलाहरु प्रत्यक्षतर्फ उठ्न डराउने गरेको बताएका छन् ।

कार्यक्रममा सहभागि महिलाहरुले संविधानले दिएको हक अधिकार पाउनका लागि पार्टीभित्रै लड्नुपर्ने गुनासो गरेका छन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार