Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप नेपाल फर्कदै, विमानस्थलमा प्रहरीको निगरानी



विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन् । सन्दीपमाथि जबर्जस्ती करणीको आरोप लागेको छ ।

एक नाबालिग किशोरीले आफूमाथि जबर्जस्ती करणीको आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेको बताइएको छ ।

लामिछानेविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले आफूलाई करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । नाबालिग किशोरीको उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट गत बिहीबार पक्राउ पूर्जीसमेत लिइसकेको छ ।

सन्दीप फर्किएलगत्तै उनलाई पक्राउ गर्ने गरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले पक्राउ आदेश पठाएको छ ।विमानस्थलमा निगरानी बढाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार