विराटनगर : नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन प्रदेश १ समितिमा सर्वसम्मत पदाधिकारी चयन भएका छन् । गत साउन २८ गते सम्पन्न प्रदेश अधिवेशनबाट २२ जना निर्वाचित सदस्यहरुको भेलाले शनिबार ढकबहादुर मगरको नेतृत्वमा पदाधिकारी चयन भएको हो ।
समितिको उपाध्यक्षहरुमा प्रेमप्रसाद लुईटेल, मदनबहादुर थापा, सुमनकुमार कटुवाल चयन भएका छन् । सचिवमा गोविन्द सुबेदी, सहसचिवहरुमा बिष्णुकुमार राई, खगेन्द्रकुमार थापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रा.डा.अजय भट्टराई, अंजु चौरासिया, भीमप्रसाद रिजाल, बिशाल कार्की, ईन्द्रनारायण देव, जयबेन्द्र झा, जयनारायण यादव, जयराम सुन्दास, लीलबहादुर कटुवाल, निलम खरेल, रामचन्द्र ठाकुर, सोमनाथ घिमिरे, सुर्यदेव प्रसाद यादव र सूर्यनारायण यादव रहेका छन् ।
समिति निर्माणका लागि राधिका ओझा, डा. मनोजकुमार राउत र अर्जुन कर्ण रहेको तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष शिव डांगी, सचिव गणेश उप्रेती (सुशील), कोषाध्यक्ष गगन पुरीलगायतको उपस्थिति रहेको थियो ।