Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट ब्राउनसुगरसहित एक जना पक्राउ



विराटनगर : मोरङको विराटनगरबाट ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर–१५ बाट सोमबार लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।

रानी भन्सार कार्यालयको १ नम्बर ढाटमा लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका–२ का २८ वर्षीय ज्ञानदिप चौलागाँईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौलागाँईको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका व्यक्ति भारतबाट नेपाल आउँदै गरेका थिए । उनी प्रदेश १–०२–०४ प १७५७ नम्बरको मोटरसाईकलमा सवार थिए ।

पक्राउ परेका उनको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार