विराटनगर : जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार बिहान हरिवन नगरपालिका–१ स्थित छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरुबाट २ लाख ७१ हजार ६ सय नेपाली रुपैंया, २ सय ५० भारतीय रुपैंया, कौडा, तास र ८ थान मोबाइल सेटसमेत बरामद गरेको छ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।