Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा १८ वर्षीया किशोरी बलात्कृत



विराटनगर : झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार