विराटनगर : मोरङबाट प्रहरीले भन्सार छली गरेको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगरको रोडशेष चौकबाट करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ना ३ ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो । प्रहरीले ट्रक चालकलाई पनि पक्राउ गरेको छ ।
विराटनगर १६ बस्ने ट्रक चालक ५६ वर्षीय रामविवेक मेहतालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले हाल सामग्रीसहित ट्रक सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।