Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ-४ बाट माओवादीका अमनलाल मोदी प्रतिनिधिसभामा सर्वसम्मत सिफारिस



विराटनगर : मोरङको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ माओबादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

आइतवार बसेको निर्वाचन क्षेत्रिय समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ भोगेन्द्र यादव, धर्मलाल माझी , सुनिता सरदार, डोल्मा राजबंशी र सोभित चौधरीको नाम सिफारिस गरेको छ ।

क्षेत्रको प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ बिजय विश्वास थारु, पप्पुलाल चौधरी र मनोज राईको नाम सिफारिस गरेको छ । समामानुपातिकतर्फ केवल रार्य, सुर्य नारायण मुडियारी, ध्यानबहादुर वन, उमालाल मण्डल खवास, कुसन सरदार र झलक भगतको नाम सिफारिस गरेको छ ।

४ (ख) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, किशोरकुमार पाण्डे र देव राजवंशीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ यस क्षेत्रबाट सावित्रा अछामी, अन्जना पोखरेल, सावित्रा गौतम, मनकुमारी गिरी गुरागाँई, बिन्दि मिश्र, ज्ञानबहादुर कार्की, आमो पौडेल, अशोक शमा , तुलसी आपागाँगई, पन्चु चौधरी, सरस्वती ओझा र ईन्द्रकला भट्टराई सिफारिस भएको छ् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार