Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ-६ बाट प्रतिनिधिसभामा पुरी र पण्डित सिफारिस



विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी र एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितको नाम सिफारिस भएको छ ।

बामपन्थी आन्दोलनका तीन दशकभन्दा बढी विताएका पुरी यस क्षेत्रका लागि नयाँ नाम हो । आम मतदाताले अहिले लामो समयदेखि संसद भएकाहरुभन्दा अवसर नपाएकाहरुलाई मौका दिनुपर्ने आवाज उठिरहेको बेला पुरी नाम सिफारिस भएको हो ।

त्यस्तै राष्ट्रिय राजनीतिमा चिनिएका लालबाबु पण्डित गत चुनावमा सोही निर्वाचन क्षत्रेबाट निर्वाचित भएका थिए । उनी मोरङबाट पटकपटक संसद र मन्त्री हुने अवसर पाएका नेता हुन् । २०७४ सालमा उनले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका थिए ।

आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुरी र पण्डितलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार