विराटनगर : मोरङ क्षेत्र नम्बर-२ बाट नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा ऋषिकेश पोखरेलको एकल नाम सिफारिस गरेको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका जिल्ला अध्यक्षसमेत रहेका पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै पोखरेलले संविधानसभासम्मको यात्रा तय गरेका थिए । २०७४ को निर्वाचनमा भने पोखरेल नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।
पोखरेल यस क्षेत्रमा स्थापित नेताका रुपमा चिनिन्छन् ।