विराटनगर : विराटनगरको कञ्चनबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार विराटनगर हार्डबेयर संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रमका संयोजक प्रमोद जिन्दलले सेवामूलक भावनाले रक्तदान गरेको बताए ।
कार्यक्रममा विराटनगर हार्डबेयर संघका अध्यक्ष मनोज बंशल र सचिव देवी पोखरेलले आगामी दिनमा अझै यस्ता कार्यक्रम गर्ने बताए ।