Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ २ (क) मा एमालेबाट कट्टेलसहित ९ जनाको नाम सिफारिस


  • Purbeli Press
  • शनिबार, भाद्र १८ २०७९

विराटनगर : नेकपा एमालेबाट मोरङ २ को प्रदेश निर्वाचन (क) बाट मेघराज कट्टेलको नाम सिफारिस भएको छ । शनिबार प्रदेश निर्वाचन कमिटिले कट्टेलसहित ९ जनाको नाम प्रदेशसभा उम्मेदवारमा सिफारिस गरेको हो ।

कट्टेलसँँगै प्रत्यक्षतर्फ डिबी कार्की, बिष्णु पोखरेल, सुभाष पौडेल, बशन्त भण्डारी, नारायण ताजपुरिया, इन्दिरा बराल, हरी पौडेल र ओमप्रकाश यादवको नाम सिफारिस भएको छ ।

मोरङ २ (क) बाट प्रदेशसभा समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकमा मालती सुब्बा, रुपनारायण मिश्र, सिता भुजेल, चन्द्रकला भण्डारी, खगेन्द्र भण्डारी, नेवालला राजवंशी, जनक खड्का, हसन इमान बक्स, केदार परियार, सावित्रीकुमारी राजवंशी, बिष्णु कडेल, किशोर विक र नुरसादी वेगामको नाम सिफारिस भएको छ ।

२०७४ को निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शिवनारायण गनगाईले वाम गठबन्धनका माओवादी उम्मेदवार गणेश उप्रेतीलाई पराजित गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार