Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लोसपाका दर्जनौँ नेता कार्यकर्ता राप्रपामा प्रवेश


  • Purbeli Press
  • शनिबार, भाद्र १८ २०७९

विराटनगर : लोकतान्त्रिक समाजवादी पार्टीमा (लोसपा) का केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् ।

पार्टीका विभिन्न पदमा सक्रिय ३ दर्जन नेता कार्यकर्ता शनिबार राप्रपामा प्रवेश गरेका हुन्।

उनीहरूलाई शनिबार विराटनगरमा राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन्।

पार्टीमा स्वागत गर्दै लिङ्देनले मोरङका महत्वपूर्ण व्यक्तिको प्रवेशले मोरङमा राप्रपा थप बलियो हुने बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार