Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

सचिवहरू नै मान्दैनन् अख्तियारको निर्देशन



काठमाडौं । सुशासन कायम गर्न, विकास निर्माणमा ध्यान दिन र सार्वजनिक खरिदलाई पारदर्शी बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनलाई सबैजसो मन्त्रालयका सचिव र विभागका महानिर्देशकले बेवास्ता गरेका छन् ।

अख्तियारले गत दुई साताअघि मात्रै सरकारका सबै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशक एवं विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर कुनैखाले भ्रष्टाचारमा सहभागी नहुन, मातहतलाई पनि सुशासनयुक्त राख्न, परिणाम निस्कने गरी काम गर्न, विकास निर्माण कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र जनतालाई प्रभावकारी सेवा दिनसमेत निर्देशन दिएको थियो ।

अख्तियारको निर्देशनलाई पालना गर्ने प्रतिबद्धता जनाएकामध्ये केही सचिव तथा महानिर्देशक कार्यालयमा आएर उल्टै भ्रष्टाचारमा लिप्त हुन थालेपछि अख्तियार गम्भीर बनेको छ । आफ्नो निर्देशन पालना नभएपछि अख्तियारले ती मन्त्रालय र मन्त्रालयका सचिवलाई पत्र लेखेर ध्यानाकृष्ट गर्ने तयारी गरेको छ । अख्तियारले मन्त्रालय र मातहतका निकायविरुद्ध उजुरी आउन नदिनेगरी काम गर्न निर्देशन दिए पनि अख्तियारमा उजुरी आउने क्रम भने घटेको छैन । उता कतिपय सचिव तथा महानिर्देशक मन्त्रीसँग मिलिमतो गरी कुस्त रकम आर्जन गर्ने धन्दामा सहभागी हुन थालेको भन्दै अख्तियारमा मौखिक उजुरीसमेत जान थालेको बताइएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारले सचिव, महानिर्देशक तथा विभागीय प्रमुखलाई दिएको निर्देशन पालना भएनभएको ’boutमा अध्ययन हुने बताए । ‘विकास निर्माण, सार्वजनिक खरिदमा सुशासन तथा सेवाप्रवाह सम्बन्धमा मन्त्रालयबाट भइरहेका काम’bout पत्र लेखेर ध्यानाकृष्ट गराउँदै छौं, आगामी बैठकमा प्रगति विवरण माग्नेछांै,’ अख्तियार प्रवक्ता भण्डारीले राजधानीसँग भने । प्रवक्ता भण्डारीले अख्तियारले मन्त्रालयका सचिव तथा विभागीय प्रमुखसँगको छलफल कार्यक्रमलाई पुनः आयोजना गरी मन्त्रालयले गरेको प्रगति विवरण माग गरिने जानकारी दिए । मन्त्रालयले अहिले गरेका काम’bout अख्तियारबाट नियमित अनुगमन हुनुपर्ने मागसमेत उठिरहेको छ । प्रवक्ता भण्डारीले आवश्यकताअनुसार अख्तियारबाट अनुगमन पनि हुन सक्ने बताए ।

भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै दुई साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको थियो । राजधानी दैनिकबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार