Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आगामी निर्वाचनमा नउठ्न पनि सक्छु : मुख्यमन्त्री राई


  • Purbeli Press
  • आइतबार, भाद्र १२ २०७९

विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू आगामी चुनावमा नउठ्न पनि सक्ने बताएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा पार्टीले सिफारिस गरेपछि उनले आइतबार सामाजिक संन्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् :

भ्रम नहोस !

मंसिर 4 गते हुन लागेको चुनावको लागि म राजेन्द्र राइको नाम म सम्लग्न रहेको पार्टिको तर्फबाट साम्सद उम्मेदवारीको लागि मेरो गृह जिल्ला भोजपुरको अलवा सुनसरी क्षेत्र 1 बाट समेत सिफारिस भएको बारे केही कुरा प्रष्ट पार्न जरुरी ठानेको छु:

1: दुबै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको आफ्नो मुल्यांकन/ चाहनाको आधारमा भएको हो यसमा मेरो कुनै हात/इसारा/सन्केत/माग/चाहना जोडिएको छैन /

2. म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधै मान्न पर्छ नै र अहिले खास उदेस्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ, गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ त्यसैले उम्मेद्वारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु, गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन / नेताले चुनाव लड्नै पर्छ/ साम्सद बन्नै पर्छ भन्ने नि छैन, पार्टी र गठबन्धनले मलाइ उम्मेदवार नबनाउने निर्णय गर्यो भने म उम्मेदवार नबन्न तयार छु !

3. भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिस्वास गरीराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो 0.1 प्रतिशत पनि चाहना/सोच छैन / भोजपुरे जनताले माया र बिस्वास गरेसम्म म साम्सद/मन्त्री केही नभई भुइमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु! त्यसैले साम्सद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन /

4. सजिलो देख्दा उछिनापछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस म होइन, पार्टीको निर्देसन भयो भने जस्तासुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छ/ अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्नु होला !

बात बाकी पछि ! धन्यवाद !

प्रतिक्रिया
सम्बन्धित समाचार