Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अव्यवस्थित सहरले चुनौती थपियो : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिगो र द्रूत विकासका लागि व्यवस्थित सहरीकरणको आवश्यकता रहेको बताएका छन् ।तर अव्यवस्थित सहरले मुलुकमा चुनौती थपिएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सहरी क्षेत्रमा मानिसहरू धेरै बसोवास गर्न थालेको भन्दै सहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको बताए ।उनले नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित सहरको विभिन्न प्रयासहरू गर्दै आए पनि अझै अधिकांश सहरहरू योजनावद्ध तरिकाले बन्न नसकेको बताए ।

प्रधानमन्त्री देउवाले सहरहरूको योजनावद्ध तरिकाले व्यवस्थति गर्नका लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘सहरी क्षेत्रमा मानिसहरू धेरै बसोवास गर्न थालेको अवस्थामा मुलुकको दिगो द्रूत विकासका लागि व्यवस्थित सहरीकरणको ठूलो महत्त्व रहेको छ । नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित सहरको विभिन्न प्रयासहरू गर्दै आए पनि अझै हाम्रा अधिकांश सहरहरू योजनावद्ध तरिकाले बनेका छैनन् । अव्यवस्थित छन् । अव्यवस्थित सहरले मुलुकमा चुनौतीहरू आएका छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार