Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा भिरबाट लडेर ६० वर्षीय वृद्धको मृत्यु


  • Purbeli Press
  • शुक्रबार, भाद्र १० २०७९

विराटनगर : उदयपुरको कटारी नगरपालिका–१० सोतास्थित ६० वर्षीय वृद्ध फौदबहादुर श्रेष्ठको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्किने क्रममा अचानक भिरबाट लडेर २ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेशकुमार पोदारले जानकारी दिए ।

लास पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका कटारीबाट प्रनाउको कमान्डमा टोली खटिएको जनाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार