Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या


  • Purbeli Press
  • शुक्रबार, भाद्र १० २०७९

विराटनगर : सुनसरीको धरानमा एक पुरुषले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । बिहिवार बेलुका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् ।

भोजपुरको सानोदुम्बा ५ घर भई धरान १३ बस्दै आएका रम्तेलले ७१ वर्षीया सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । त्यसपछि आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गरी घाईते भएकी नरमायाको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार