Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

थप ४४४ जनामा संक्रमण, तीन जनाको मृत्यु


  • Purbeli Press
  • बिहिबार, भाद्र ९ २०७९

काठमाडौं : कोरोनाको कारण थप तीन जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित निको हुँदा तीन जनाको मृत्यु भएको हो।

यो अवधिमा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार